बिर्तामोड । फागुन १९ गतेदेखि सञ्चालन हुने छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
बिर्तामोडको बिर्ताबजारस्थित डोमालाल राजवंशी रङ्गशालामा हुने प्रतियोगिताको मैदान व्यवस्थापन, प्याराफिट निर्माण लगायतका मुख्य काम सम्पन्न भएको आयोजकले जनाएको छ ।
प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिताका लागि रङ्गशालामा सजिसजावटको काम समेत अन्तिम चरणमा पुगेको छ । साथै आज बिर्तामोड देखि बिर्ताबजार क्षेत्र सरसफाइ गरिएको छ । जसमा बिर्तामोडको मध्य विन्दु मुक्तिचोक पनि सुसज्जित गराउने काम भएको छ ।
गोल्डकपको उद्घाटन खेलमा १९ गते विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीले संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
+1
+1
+1
+1
+1
Views: 146