Aamsanchar

झापाको कनकाईमा पहिलो पटक ‘चरा अवलोकन गाइड’ तालिम

Author Image
शुक्रवार, फागुन १८, २०८०

कनकाई । झापाको कनकाई नगरपालिकामा झापामै पहिलो पटक “ चरा अवलोकन गाइड“ पाँच दिवसीय तालिम सञ्चालन भइरहेको छ ।
कनकाई नगरपालिका कृषि शाखाको आयोजनामा फागुन १५ गते देखि सुरु भएको तालिम भोलि समापन हुनेछ ।

कनकाई नगरपालिका क्षेत्रका चारवटा सामुदायिक वन हरु जामुनखाडी, प्रजापति, सुकेडागी र कनकाई सामुदायिक वन उपभोक्ताहरूलाई चरा संरक्षण, चरा पर्यटनबारे आधारभूत तालिम दिने काम भइरहेको तालिम विषय छनौटकर्ता प्रशान्त गिरीले जानकारी दिए । झापामा पहिलो पटक चरा अवलोकन गाइड तालिम आयोजना भएको गिरीको दावी छ ।

सीप विकास तथा प्रकृति र पर्यटन मैत्री वातावरण निर्माण गर्ने लक्ष्यका साथ आयोजना भएको तालिममा प्राकृतिक स्रोतसाधनले भरिपूर्ण कनकाई नगरलाई घुम्न आउने पर्यटकहरूको प्रमुख गन्तव्य बनाउनु पर्नेमा जोड दिइएको छ ।

कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल ।

पर्यटकहरूलाई एक फरक अनुभव प्रदान गर्न र झापामा प्रकृतिमैत्री पर्यटन गतिविधिको विकास गर्न यस तालिम एक कोशेढुङगा सावित हुनसक्ने तालिम उद्घाटन समारोहका वक्ताहरूको भनाई थियो ।
तालिममा सामुदायिक वनका उपभोक्ता, चरा प्रेमीहरू गरेर ३० जनाको सहभागिता रहेको छ । तालिमको सहजीकरण चरा विज्ञ रमेश चौधरीले गर्दै आएका छन् ।

जामुनखाडी सामुदायिक वन समितिको सभाहलमा उद्घाटन भएको तालिममा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर