Aamsanchar

सुनको भाउ हालसम्मकै महङ्गाे

Author Image
मङ्गलवार, फागुन २२, २०८०

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च भएको छ।

आज सुन तोलामा २ हजारले बढेर प्रतितोला १ लाख २३ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो। सोमबार १ लाख २१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो।

यसअघि गत पुस १२ गते १ लाख २२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो। त्यसयता मूल्य केही घटेर फागुन ३ गते १ लाख १६ हजार ५ सय रुपैयाँमा झरेको थियो।

यसैबिच चाँदीको मूल्य भने आज तोलामा ३५ रुपैयाँले बढ्दै १ हजार ४ सय ४५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर