Aamsanchar

पशुपति मन्दिर क्षेत्रमा पाँच दिन मासु,जाँडरक्सी र अरु नशालु पदार्थ बेचबिखन गर्न र खान निषेध

Author Image
मङ्गलवार, फागुन २२, २०८०

काठमाण्डौ – जिल्ला प्रशासन कार्यालय काठमाण्डौले महाशिवरात्रि पर्वको लागि पशुपति मन्दिर परिसर आसपासका क्षेत्रमा पाँच दिन मासु,जाँडरक्सी र अरु नशालु पदार्थ बेचबिखन गर्न र खान निषेध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सूचना निकालेर भोलि फागुन २३ गतेदेखि फागुन २७ गतेसम्म पशुपति क्षेत्र आसपास कसैले पनि मासु, जाँडरक्सी तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डार र सेवन नगर्न आग्रह गर्नुभएको हो ।

प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम यस्ता गतिविधि पूर्ण रूपमा रोक लगाएको हो । सूचनामा गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहेश्वरीदेखि दक्षिण भित्रका सबै भागमा निषेध गरिएको उल्लेख छ ।

फागुन २५ गते महाशिवरात्री पर्व मनाइँदैछ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि २०८० को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । कोषका अनुसार शिवरात्रिमा ६ हजार स्वयमसेवक परिचालन हुनेछन् । स्थानीय सङ्घ संस्थाहरुले स्वयमसेवक परिचालन गर्नेछन् । यो वर्ष भारतबाट साधुसन्तहरु झण्डै ४ हजार जनाको सङ्ख्यामा आउने प्रक्षेपण कोषले गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर