Aamsanchar

फेसबुकमा देख परेको समस्या समाधान

Author Image
मङ्गलवार, फागुन २२, २०८०

काठमाडौं । मेटा मातहतका सोसल मिडिया प्लाटफर्म फेसुबक, फेसबुक मेसेन्जर र इन्स्टाग्राम विश्वभर नै अवरुद्ध भएको करिव एक घण्टा पछि पुनः सञ्चालनमा आएको छ । ।

नेपाली समय अनुसार आज बेलुकी करीब ९ बजेतिर एक्कासी यी प्लाटफर्मका अकाउन्ट लगआउट भएका थिए । त्यसपछि लगइन गर्न खोज्दा पनि प्रयोगकर्ता सफल भएका थिएनन । फेसबुकको आन्तरिक श्रोतलाई उधृत गर्दै डेलीमेलले जनाए अनुसार यसअघि कम्पनीको आन्तरिक प्रणालीहरु पनि अबरुद्ध भएका थिए र सोही कारण विश्वभर नै मेटाका सोसल मिडिया प्लाटफर्महरु डाउन भएका हुन् ।

तथापि विश्वभर फेसबुक र उसका भगिनी प्लाटफर्महरु एकसाथ अवरुद्ध हुनुको खास कारण चाहिँ हालसम्म खुलेका छैनन् । यसबाट मेटाका सोसल मिडिया साइटका एप तथा वेब दुबै भर्सन प्रभावित भएका थिए । मेटाकै अर्को प्लाटफर्म ह्वाट्सएपमा भने समस्या देखा परेको थिएन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 259

प्रतिक्रिया (०)

सम्बन्धित खबर