Aamsanchar

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

Author Image
बुधवार, फागुन २३, २०८०

काठमाडौं –नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएर नयाँ रेकर्ड बनाएको हो ।

यसअघि मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । उक्त मूल्यलाई ब्रेक गर्दै आज छापावाल सुन तोलामा एक लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

छापावाल सुन तोलामा एक लाख २२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ घटेको छ । चाँदीको मूल्य तोलामा एक हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर