Aamsanchar

चारलाख जनाले गरिसके पशुपतिनाथको दर्शन

Author Image
शुक्रवार, फागुन २५, २०८०

काठमाडौँ – महाशिवरात्रिका अवसरमा आज चार लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका छन्।

बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ। अहिलेसम्म पशुपतिनाथमा कम्तिमा पनि चार लाखभन्दा बढी भक्तजनले दर्शन गरेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

बिहानभन्दा अहिले दर्शनार्थीको भीड बाक्लिँदै गएको छ। भीड बढेसँगै सुरक्षाकर्मीलाई मेला व्यवस्थापन गर्न चुनौतीपूर्ण बनेको छ। भक्तजनको सहजताका लागि पशुपतिनाथका चारैढोका बिहान २ बजेदेखि खोलिए पनि भीड भने घटेको छैन।

दर्शन गर्ने पालो छिटो पाउने आशमा दर्शनार्थी रातिदेखि नै लामबद्ध भएर बसेका थिए। उनीहरु भने बिहानै दर्शन गरेर फर्किसकेका जनाइएको छ। कोषले आज कम्तीमा २० लाख भक्तजनले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ।

Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर