

झापा – छैटौँ झापा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज झापा–११ र चर्च ब्वाइज युनाइटेड खेल्दैछन् । खेल दिउँसो तीन बजेपछि हुनेछ ।

हिजो भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लब फाइनलमा पुगिसकेको छ । फाइनल खेल पर्सि सोमवार हुनेछ ।

प्रतियोगिताको विजेताले १३ लाख र उपविजेता टोलीले सात लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

Views: 95

