Aamsanchar

मदरगाछ बजारमा जारि सांस्कृतिक तथा ब्यापार मेला मा दर्शकको घुईचो

Author Image
सोमवार, फागुन २८, २०८०

कनकाई । झापा गाउँपालिका वडा नम्बर ७ स्थित मदरगाछ बजारमा जारी ‘मदरगाछ सांस्कृतिक तथा ब्यापार मेला २०८०’ मा दर्शकहरुको घुईचो बढ्दै गएको छ। दीपज्योती युवा क्लव र जे.एस. फिल्म प्रोडक्शन प्रालि. काठमाडौंको संयुक्त आयोजनामा गत फागुन २५ आगामी चैत ६ गतेसम्म चल्ने सांस्कृतिक तथा ब्यापार मेला २०८० मा दर्शकहरुको घुईचो बढ्दै गएको हो।
स्थानीय उत्पादनको प्रवर्धन र मदरगाछ बजारलाई चिनाउने उदेश्यले पहिलो पटक मदरगाछ बजारमा सास्कृतिक तथा ब्यापार मेला आयोजना भईरहेको आयोजक संस्था दीपज्योति युवा क्लबका अध्यक्ष डिल्लीराम चुडालले जानकारी दिनुभयो ।

मेलामा स्थानीय उत्पादनसहित विभिन्न स्टल रहेको
मेला आयोजक समितिका संयोजक तथा रास्ट्रिय कलाकार तारावीर पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बालबालिकाका लागि मनोरजानत्मक सामाग्रीका स्टल , त्यस्तै विभिन्न व्यपार व्यवसायका स्टलहरुका साथै अन्य कृषि सामाग्रीका समेत स्टलहरु रहेको कलाकार तथा कार्यक्रम संयोजक पाण्डेले बताउनुभयो ।

मेलामा करिव दर्जन बढी रास्ट्यि तथा अन्तरास्ट्रिय स्तरमा ख्याती कमाउन सफल कलाकारहरूको प्रस्तुति प्रतेक दिन भईरहेको उद्योग बाणिज्य संघ झापा गाउँपालिकाका उपाध्यक्ष छत्रप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

मदरगाछ सांस्कृतिक तथा ब्यापार मेलाआयोजना गरेकोमा
स्थानीय बासिन्दाले पनि खुशी प्रकट गर्दै आयोजना गर्ने संघ – सस्थालाई धन्यवाद प्रकट गरेकाछन् । हरेक पक्षबाट पछाडी परेको भित्री गाउमा यति धेरै कलाकारहरू जम्मा गरि यहाको सबै पक्षको प्रचारप्रसार गरि देश विदेशमा समेत मदरगाछ बजार चिनाएको भन्दै स्थानीय बासिन्दाहरुले खुशी व्यक्त गरेका आयोजक क्लबका सचिव बासुदेव दाहालले बताउनुभयो ।
यस प्रकारको मेला( महोत्सव ) वार्सिक गर्दै आगामी दिनमा पनि अहिलेको जस्तै चर्चित कलाकारहरू ल्याएर हाम्रो ठाउँको थप प्रचारप्रसार गरि यहाँको विकास निर्माणमा स्थानीय तहले गरे जस्तै प्रदेश तथा संघिय सरकारको पनि नजर पर्ने गरि बजेट बिनियोजन गरि काम अगाडी बढाईदिन पहल गरिदिन मेला संयोजक तथा कलाकार तारावीर पाण्डे सग मेलामा सहभागी अधिकाङ्स दर्शकहरुले आग्रह गरिरहेका छ्न ।

सुरेश धिमाल अन्तरा वेण्ड र सिदान्त एण्ड दी वेण्डको संयोजनमा जारी मेलामा ज्योती मगर, प्रिति आले, शान्तिश्री परियार, प्रमोद खरेल , शिवपरियार,तारावीर पाण्डे, एलिना चौहान, टिका प्रसाई, सुवास महत, फुलन्देको आमालगायतका गायक तथा कलाकारसहित स्थानीय कलाकारकोसमेत अझै प्रस्तुती रहने संयोजक पाण्डेले बताउनुभयो । उहाँले स्थानीयहरुको माग वमोजिम आगामी वर्षहरुमा पनि यहाँका विभिन्न संघ सस्था , दीपज्योती युवा क्लव , स्थानीय तह, बजारव्यवस्थापन समिति ,उद्योग बाणिज्य संघ झापा गाउँपालिका , स्थानीय अग्रज आमाबुबा तथा दाजुभाईहरुको सल्लाह सुझाव एवम् साथ सहयोग लिएरै अगाडी बढ्ने कलाकार तथा कार्यक्रम संयोजक पाण्डेले स्पष्ट पार्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर