काठमाडौं – ललितपुर महानगरपालिका–१० का पूर्ववडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ।
उपचारका क्रममा सोमबार बिहान नर्भिक अस्पतालमा व्यञ्जनकारको निधन भएको ललितपुर महानगरले जनाएको छ।
ललितपुर-१० मा उम्मेदवारी दिएर १० पटक अध्यक्ष निर्वाचित भएका उनी धेरै समय जनप्रतिनिधि हुने व्यक्ति हुन्।
उनी २०२९ सालदेखि लगातार १० पटक वडाध्यक्ष निर्वाचित भएका थिए । तर, ०७९ को स्थानीय चुनावमा उनी रविनमान व्यञ्जनकारसँग पराजित भए।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 43