
फायल फोटो

बिर्तामोड। झापाको मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित भगवती लेमिनेट्स प्रालिमा भीषण आगलागी भएको छ । ज्यामिरगढीस्थित प्लाइउड उद्योगमा बिहान पाँच बजेदेखि सुरू भएको आगलागी अहिलेसम्म नियन्त्रणमा लिन सकिएको छैन ।

आगो निभाउन १० वटा दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । आगो अझै पूूर्ण रुपमा नियन्त्रणमा आएको छैन । अहिले भित्रि भागमा आगो बलिरहेको छ ।

सुरक्षाकर्मीहरू दमकलको सहायताले आगो निभाउन प्रयासरत छन् । भगवती लेमिनेट्स झापाकै ठूलोमध्येको प्लाइउड उद्योग हो ।


Views: 38

