Aamsanchar

लोकसेवा आयोगद्वारा ५ सय ३७ जना खरिदारका लागि आवेदन माग

Author Image
बुधवार, फागुन ३०, २०८०

काठमाडौं – लोकसेवा आयोगले ५ सय ३७ जना खरिदारका लागि आवेदन माग गरेको छ। आयोगले गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै राजपत्र अनंकित द्वितीय श्रेणी ९अप्राविधिक० खरिदार वा सो सरहका पदमा आवेदन आह्वान गरेको हो।

आयोगको कार्यालय धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौँडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल तथा महेन्द्रनगरमा आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

लिखित परीक्षा, कम्प्युटर सिप परीक्षण तथा अन्तर्वार्ताका माध्यमबाट उक्त पदहरूमा छनोट गरिने छ।

यही चैत २० सम्म दरखास्त दिन सकिने छ। त्यस्तै चैत २७ सम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगले जनाएको छ। जसअन्तर्गत सामान्य ज्ञान तथा आधारभूत सिप परीक्षण आगामी वैशाख २९ मा बिहान ११ बजे हुनेछ। त्यस्तै प्रथम चरणको परीक्षामा उत्तीर्ण भएकाहरूका लागि दोस्रो र तेस्रो पत्रको परीक्षा आगामी असार १४ र १५ मा हुने छ। ​

हेर्नुहोस् कहाँबाट कति माग

धनकुटा -३८
इलाम ३१
खोटाङ२६
जलेश्वर ७१
काठमाडौं ११८
हेटौंडा १६
पोखरा ४५
बागलुङ- २०
बुटवल -३५
दाङ -२७
सुर्खेत-३१
जुम्ला -१८
दिपायल-३४
महेन्द्रनगर-२७

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर