Aamsanchar

सुन र चाँदी दुवैको मूल्य घट्यो

Author Image
बुधवार, फागुन ३०, २०८०

काठमाडौं – नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार घटेर प्रतितोला एक लाख २५ हजार कायम भएको छ।

यसैगरी तेजाबी सुनको मूल्यमा पनि प्रतितोला एक हजारले कमी आई प्रतितोला एक लाख २४ हजार ४०० मा कारोबार भइरहेको छ। चाँदी प्रतितोला ३० ले कमी भइ प्रतितोला एक हजार चार सय ६५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो।

Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ वृद्धि
आइतवार, पौष २७, २०८२