Aamsanchar

१७ वटा वाणिज्य बैंकले भोलिदेखि ब्याजदर थप घटाउने

Author Image
बुधवार, फागुन ३०, २०८०

काठमाण्डौ – एनआईसी एसियाबाहेक १७ वटा वाणिज्य बैंकले भोलि चैत १ गतेदेखि मुद्दती बचतको ब्याजदर थप घटाउने भएको छ । एनआईसी एसियामा गएको महिना उच्च दरमा निक्षेप झिकिएको कारण बैंकले ब्याजदर बढाएर प्रस्ताव गरेको हो ।

एनआईसी एसियाले फागुनमा मुद्दतीमा अधिकतम आठ प्रतिशत ब्याज दिएकोमा चैतमा आठ दशमलव ५४ प्रतिशत दिने भएको छ । फागुनमा मुद्दती निक्षेपको ब्याजदर औसत सात दशमलव सात प्रतिशत रहेकोमा चैतमा घटेर सात दशमलव २५ प्रतिशतमा झरेको छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले हरेक महिना मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतले मात्रै परिवर्तन गर्न सक्ने व्यवस्था छ । चैतका लागि एनआईसी एसियाले सबैभन्दा धेरै आठ दशमलव ५४ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकले पाँच दशमलव ६६ प्रतिशत प्रस्ताव गरेको छ ।

बैंकहरूमा तरलता धेरै रहेकोले चैतका लागि ब्याजदर घटाएका हुन् । अहिले बैंकहरूमा छ खर्ब रुपैयाँभन्दा बढी अधिक तरलता छ । तर बैंकहरूको कर्जा लगानीमा वृद्धि हुन सकेको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
शुक्रवार, साउन ४, २०८१
सुनको मूल्य आज
बिहिवार, साउन ३, २०८१