Aamsanchar

सुनको मूल्य

Author Image
शुक्रवार, चैत २, २०८०

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्य तोलामा ४०० रूपैयाँ घटेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ५१५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।

Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ वृद्धि
आइतवार, पौष २७, २०८२