झापा । काठमाडौं इनटरनेशनल माउन्टेन फिल्म फेस्टिभल (KIMFF) फाउन्डेसन र ब्रिटिश काउन्सिल द्वारा आयोजित ‘क्यामेरा सिका यंग फिल्म २०२४’ प्रतियोगितामा उत्कृष्ट १० मा झापा सुरुंंगाको श्री हरिकुल नमुना स्कुलका विद्यार्थीहरूले बनाएको वृत्तचित्र पर्न सफल भएको छ ।

प्रतियोगिताका विभिन्न शीर्षक अन्तरगत गन्धर्व शीर्षक तर्फ हरिकुलका विद्यार्थीहरूको तयार पारेको भिडियो उत्कृष्ट १० मा परेको हो ।

शीर्षक अनुसार तयार पारेको भिडियोलाई आयोजकले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको छ । सिंगो नेपालबाट सयौँ भिडियोहरू प्रतियोगिताको लागि पठाइएको थियो, ति भिडियोहरु मध्येबाट हरिकुलका विद्यार्थीहरूले पठाएको भिडियो पनि उत्कृष्ट १० मा पर्न सफल भएको हरिकुलका शिक्षक सन्दिप मरासिनीले आमसंचारलाई जानकारी दिए ।


हरिकुलका विद्यार्थीहरूले झापाका विभिन्न स्थानमा रहेका गन्दर्भ (गाइने) हरूको सुरिला सारङ्गीका स्वर र उनिहरुको जीवनशैलीको कथा समेटेर ४ मिनेट ५९ सेकेन्ड समयको वृत्तचित्र बनाएका थिए । हाल उक्त भिडियो ब्रिटिस काउन्सिलको फेसबुक पेजमा अपलोड भएको छ ।

भिडियो हेर्नुहोस् ।

