कनकाई । झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा रहेको ग्लोबल एजुकेयर एकेडेमीले स्थापनाको २२ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले शनिवार ९आज० विविध कार्यक्रम गरी वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।
विद्यालयका संस्थापक सदस्य विशाल लामाको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगर उपप्रमुख आशा शर्मा शिवाकोटी को प्रमुख आतिथ्य रहेको थियो ।
प्रमुख अतिथि शर्माले शुभकामना मन्तव्य राख्दै भनिन ‘दिनको २४ घण्टामा बालबालिकाहरू ६ घण्टा विद्यालय र १८ घण्टा घरमा रहने हुँदा बालबालिकाहरूले धेरै कुरा घरमै सिक्ने गर्दछ । त्यस कारण अभिभावकहरूले बालबालिकालाई जस्तो संस्कार सिकाए त्यस्तै संस्कार विद्यार्थीहरूले सिक्ने भएकाले विशेष गरि आमाहरूले बालबालिकाको बारेमा बढी ध्यान दिनु पर्ने हुन्छ ।’

कार्यक्रममा स्वागत विद्यालयका लेखा प्रमुख रामकुमार भुजेलले गरेको कार्यक्रमको सञ्चालन विद्यालयका धनेन्द्र खड्काले गरेका थिए । कार्यक्रममा कनकाई –३ का वडाध्यक्ष युवराज चम्लागाईँ, कनकाई २ का वडाध्यक्ष बलराम राई ९प्रताप०, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर लामा, इलाका प्रहरी कार्यालय सुरुङ्गा प्रमुख प्रविणकुमार भट्टराई, विद्यालयका पिटिए अध्यक्ष दिनेश भट्टराई, कार्यपालिका सदस्य कृष्णमाया भुजेल, शिवकुमार गिरीलगायतको आतिथ्य रहेको थियो ।



नर्सरीदेखि कक्षा १० सम्म सञ्चालन रहेको ग्लोबल एजुकेयर एकेडेमीमा ५ सय ३६ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रिन्सिपल बिमान लामाले बताएका छन् । प्रिन्सिपल लामाका अनुसार शिक्षक तथा कर्मचारी गरेर जम्मा ३७ जना रहेका छन् ।




