Aamsanchar

सुनको मूल्य ४०० रुपैयाँले घट्याे

Author Image
आइतवार, चैत ४, २०८०

काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ वृद्धि
आइतवार, पौष २७, २०८२