Aamsanchar

यी क्षेत्रमा परिरहेको छ पानी

Author Image
बुधवार, चैत ७, २०८०

काठमाडौं – काठमाडौं उपत्यकासहित देशका केही भू–भागमा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा केही घण्टादेखि मेघगर्जनसहित वर्षा भइरहेको छ ।

“काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा अहिले वर्षा भइरहेको छ,” मौसमविद् गोविन्द झाले  भने, “काठमाडौंमा आज दिनभर मौसम बदली हुनेछ । पानी भने केही समय पर्ने र रोकिनेक्रम दिनभर चलिरहनेछ ।”

काठमाडौंमा छिटपुटदेखि हल्का वर्षा भइरहेको उनले जानकारी दिए ।

काठमाडौंसँगै वाग्मती प्रदेशका सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुरलगायत जिल्लामा पछिल्लो तीनदेखि ६ घण्टायता वर्षा भइरहेको उनको भनाइ छ । धेरै ठाउँमा छिटपुटदेखि हल्का र केही स्थानमा मध्यम वर्षा भइरहेको छ ।

“काठमाडौं उपत्यकामा भोलि पनि केही वर्षाको सम्भावना छ । तर आजजस्तो धेरै भने छैन,” मौसमविद् झाले भने, “शुक्रबारबाट भने मौसम खुल्दै जानेछ ।”

वाग्मतीसहित कोसी र मधेस प्रदेशका केही स्थानमा पनि वर्षा भइरहेको छ । पश्चिमी न्यूनचापीय र स्थानीय वायुको प्रभावका कारण वर्षा भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर