

काठमाडौं – नेपाली बजारमा सुन स्थिर मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख २५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन तोलामा एक लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ घटेको छ । चाँदी तोलामा एक हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Views: 78


