Aamsanchar

सगरमाथा यातायात प्रालिले एकै पटक खरिद गर्यो अशोक लिल्याण्डका १० वटा बस

Author Image
बुधवार, चैत ७, २०८०

झापा । आईएमई मोटर्स प्रा।लि।ले अशोक लिल्याण्डका १० वटा बस एकै पटक  सगरमाथा यातायात प्रा।लि।लाई बिक्री गरेको छ ।
झापाको बिर्तामोड– २ स्थित चारपानेमा रहेको सहारा अटो मोवाइल्स प्रा.लि.बाट बिक्री गरिएका बसको चाबी सगरमाथा यातायात प्रा.लि. का अध्यक्ष नवीन कोइरालालाई हस्तान्तरण गरिएको हो ।
बुधवार एक कार्यक्रमकैबीच आईएमई मोटर्सका प्रमुख कार्यकारी निर्देशक हेमन्त पुरानिक, सहारा अटो मोबाइल्स प्रा.लि. का अध्यक्ष महेन्द्रकुमार गिरीले संयुक्त रुपमा सगरमाथा प्रा. लि.का अध्यक्ष कोइरालालाई चाबी हस्तान्तरण गरेका थिए ।

नयाँ फिचरमा उपलब्ध बस सगरमाथा प्रा. लि. लाई प्रदान गर्दै आईएमई मोटर्सका प्रमुख कार्यकारी निर्देशक पुरानिकले पछिल्लो समय धेरै कम्पनीका सवारी उपलब्ध भएपनि अशोक लिल्यानण्डका सवारी विश्वासिलो , भरपर्दो र मजबुत रहेका कारण यातायात व्यवसायीको  रोजाइमा पर्दै गएको बताए ।

केही समय अघिसम्म झापामा अशोक लिल्यानण्डका सबै सवारी मर्मत र सर्भिसिङका लागि पर्याप्त सेवा उपलब्ध नभएको स्मरण गर्दै सहारा अटो मोबाइल्सका अध्यक्ष गिरीले अहिले सहारा अटो मोबाइल्स प्रालिबाट सबै सेवा उपलब्ध हुने भएकाले व्यवसायी यो कम्पनीका गाडी खरिदमा रुचि देखाएको बताए । उनले अशोक लिल्याण्ड र आईएमईसँग सहकार्य गर्दै भावी दिनमा सहारा साकोसका सदस्यहरूसँग समेत सहकार्य गर्दै सवारी बिक्री गरिने बताए ।

आईएमई मोटर्सका सुशील सुवेदीले स्वागत गरेको कार्यक्रममा सगरमाथा यातायात प्रा।लि। का अध्यक्ष कोइराला,  प्रबन्ध निर्देशक प्रविण थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

आईएमई मोटर्सका प्रमुख कार्यकारी निर्देशक हेमन्त पुरानिकको प्रमुख आतिथ्य तथा, सहारा अटो मोबाइल्स प्रा।लि।का अध्यक्ष महेन्द्रकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा चालक तथा सह चालकलाई मायाको चिनो स्वरुप कम्पनीको टिसर्ट बितरण गरिएको थियो । साथै कम्पनीबाट खरिद गरिएका तीन वटा ट्रकका चाबी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको थियो ।

कोहिनुर ढुवानी सेवाका हेमराज अधिकारी, हाम्रो ढुवानी सेवाका पदम श्रेष्ठ, पूर्वेली ढुवानी सेवाका लय प्रसाद प्रसाईँलाई ट्रकको चाबी हस्तान्तरण गरिएको थियो । कार्यक्रमको सुसञ्चालन शुक्रवहादुुर तामाङले गरेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
7
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर