Aamsanchar

झापामा आज बिहानै खन्ती प्रहार गरी एक युवकद्वारा आफ्नै साथिकाे हत्या

Author Image
बिहिवार, चैत ८, २०८०

झापा – झापाको पृथ्वीनगरमा धारिलो हतियार खन्ती प्रहार गरी एक युवकको हत्या गरिएको छ। साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राईको हत्या गरिएको हो।

सनमको हत्या उनकै साथी अन्दाजी २५ वर्षीय लोकबहादुर राईले गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटना आज बिहान ५ बजेको हो।

लोकबहादुर र सनम साथी हुन्। लोकबहादुर गएराति सनमको घरमा गएर सुतेका थिए। सुतिरहेको अवस्थामा खन्तीले सनमको टाउकोमा प्रहार गरी लोकबहादुरले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्या गरी लोकबहादुर घटनास्थलमै रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। हत्याको कारण भने नखुलेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
5
+1
3
Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर