Aamsanchar

सुनको मूल्य प्रति ताेला १ लाख २७ हजार ८ सय पुग्याे

Author Image
बिहिवार, चैत ८, २०८०

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

आज सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेर छापावाल सुन १ लाख २७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि बुधबार १ लाख २५ हजार २ सय रुपैयाँ थियो। यस्तै आज तेजावी सुन तोलाको १ लाख २७ हजार २ सय पुगेको छ।

फागुन २९ गते सुनको भाउले तोलामा १ लाख २६ हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएको थियो। सो रेकर्ड ९ दिनमै तोडिएको हो।

चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ। अघिल्लो दिन तोलाको १ हजार ५२० रुपैयाँ रहेको चाँदी बिहीबार १ हजार ५५५ कायम भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर