Aamsanchar

सुनचाँदीको मूल्य

Author Image
शुक्रवार, चैत ९, २०८०

काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघमा अनुसार सुन प्रतितोला एक हजार ३०० रुपैयाँ घटेर कारोबार भइरहेको छ । चाँदी प्रतितोला ५५ रुपैयाँ घटेर कारोबार भएको छ ।

छापावाल सुन प्रतितोला एक लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार सुन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख २७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख २५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदी प्रतितोला एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ५५५ रुपैयााँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
शुक्रवार, साउन ४, २०८१
सुनको मूल्य आज
बिहिवार, साउन ३, २०८१