फ्रान्सको ओलम्पिक खेल्ने फुटबल टिमको प्रशिक्षण पुर्व फुटबलर थियरी हेनरीले गरिरहेका छन् ।
एम्बाप्पेले ओलम्पिक खेल्ने आफ्नो सपना बारे भनेका छन् । ‘मैले सधै ओलम्पिक खेल्ने इच्छा व्यक्त गर्दै आएको छु । जुन अहिले पनि परिवर्तन भएको छैन । यदि मैले ओलम्पिक खेल्ने अवसर पाए भने तो सपना पुरा भएको हुने छ । यो निर्णय एक व्यक्तिमाथि रहेको छ, जसले अहिलेसम्म हुन्छ या हुदैन केहि भनेका छैनन् ।’
तर एम्बाप्पेले रियल म्याड्रिडमा गएमा भने उनको ओलम्पिक खेल्ने सपना पुरा हुन सक्ने छैन । क्लबसँगको सम्झौता अनुसार उनले ओलम्पिकमा सहभागिता जनाउन सक्ने छैनन् । यस अर्थमा एम्बाप्पेले यसको निर्णय गर्ने व्यक्ति भनेको रियल म्याड्रिडका प्रेसिडेन्टलाई भनेको हुनसक्ने अनुमान गरिएको छ ।
ओलम्पिकमा फुटबलको नियम अनुसार यू-२३ खेलाडीले भाग लिन पाउने भए पनि २३ बर्षभन्दा बढी उमेरका बढीमा तीन खेलाडीले खेल्न पाउने नियम रहेको छ ।