Aamsanchar

कोशी प्रदेश सरकारद्वारा हालसम्म ३० प्रतिशत मात्रै बजेट खर्च

Author Image
आइतवार, चैत ११, २०८०

विराटनगर – चालू आर्थिक वर्षको अन्तिम चौमासिक बाँकी रहँदा कोशी प्रदेश सरकारले ३० प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय कोशीले गत चैत ३ गतेसम्ममा गरेको खर्च विवरण सार्वजनिक गरेअनुसार बजेट खर्च ३० प्रतिशतको हाराहारीमा रहेको जनाएको हो ।

जसमध्ये हालसम्म प्रदेशको पुँजीगत खर्च भने २२ प्रतिशतमा सीमित हुँदा चालू खर्च भने ४१ प्रतिशत भएको छ । प्रदेश सरकारले ३६ अर्ब ७४ करोड ३५ लाख १० हजार रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।

हालसम्ममा पुँजीगततर्फ ४ अर्ब ६० करोड ७८ लाख ७ हजार ५८१ रुपैयाँ खर्च भएको छ । यस्तै चालू तर्फ भने ७ अर्ब ७५ करोड ३४ लाख ६७ हजार ९०२ रुपैयाँ खर्च भएको छ । प्रदेश सरकारको हालसम्मको जम्मा खर्च भने ११ अर्ब ३६ करोड १२ लाख ७५ हजार ४८४ रुपैयाँ रहेको छ ।

सरकारले चालूतर्फ १६ अर्ब ३९ करोड ६९ लाख ९२ हजार र पुँजीगत तर्फ २० अर्ब ४१ करोड २० लाख ८२ हजार रुपैयाँ विनियोजन गरेको छ । यस्तै वित्तीय व्यवस्थातर्फ सरकारले १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रदेश सरकारको आम्दानी भने हालसम्म ५२ दशमलव ५३ प्रतिशत अर्थात् १९ अर्ब ३० करोड ४८ लाख ४३ हजार ५१८ रुपैयाँ रहेको छ । प्रदेश सरकारले बजेट खर्च लक्ष्य अनुसार गर्न नसक्दा सञ्चित खातामा ७ अर्ब ९४ करोड ३५ लाख ६८ हजार ३४ रुपैयाँ थुप्रिएर बसेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनकाे भाउ
शुक्रवार, वैशाख १४, २०८१
नेपाली बजारमा सुनको मूल्य
बिहिवार, वैशाख १३, २०८१
सुनचाँदीको मूल्य
बुधवार, वैशाख १२, २०८१