Aamsanchar

सरकारले भाेली २० अर्ब ७१ करोड २५ लाख आन्तरिक ऋण उठाउने

Author Image
आइतवार, चैत ११, २०८०

काठमाडौँ – सरकारले चैत १२ गते २० अर्ब ७१ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकमार्फत सरकारले चार प्रकारको ट्रेजरीमार्फत कूल २० अर्ब ७१ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको हो ।

बैंकको सूचना अनुसार २८ दिने ट्रेजरीका लागि ५ अर्ब (नयाँ ट्रेजरी)छुट्याइएको छ भने ९१ दिने ट्रेजरीका लागि १० अर्ब ११ करोड २५ लाख रुपैयाँ, १८२ दिनका लागि ६० करोड रुपैयाँ र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँ छुट्टयाइएको छ ।

२८ दिने बाहेक ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी पुरानै नवीकरण गरिने बैंकले जनाएको छ । यसअघि राष्ट्र बैंकले चैत ५ गते १८ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनकाे भाउ
शुक्रवार, वैशाख १४, २०८१
नेपाली बजारमा सुनको मूल्य
बिहिवार, वैशाख १३, २०८१
सुनचाँदीको मूल्य
बुधवार, वैशाख १२, २०८१