![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/03/InShot_20240326_091227826.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
ताप्लेजुङ- ताप्लेजुङका स्थानीय तहले आगामी आर्थिक वर्षमा साढे त्रियानब्बे करोड रुपियाँ बढी अनुदान रकम पाउने भएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आव २०८१-८२ का लागि नेपाल सरकारबाट स्थानीय तहलाई हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान रकमको विवरण सार्वजनिक गरेको हो ।
आयोगले न्यूनतम अनुदान, सूत्रमा आधारित र कार्य सम्पादनमा आधारित अनुदानको विवरण सार्वजनिक गरेको हो । जिल्लाका नौ स्थानीय तहमध्ये एक मात्र फुङ्लिङ नगरपालिकाले न्यूनतम अनुदान तीन करोड २५ लाख, सूत्रमा आधारित११ करोड सात लाख र कार्य सम्पादनमा आधारित ५३ लाख गरी सबैभन्दा बढी कूल १४ करोड ८५ लाख रुपियाँ वित्तीय समानीकरण अनुदान रकम पाउने छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
यस्तै मैवाखोला गाउँपालिकाले न्यूनतम अनुदान तीन करोड, सूत्रमा आधारित पाँच करोड ७१ लाख र कार्य सम्पादनमा आधारित ६२ लाख गरी कूल नौ करोड ३३ लाख रुपियाँ पाउने भएको छ । फक्ताङ्लुङ गाउँपालिकाले न्यूनतम अनुदान तीन करोड, सूत्रमा आधारित छ करोड आठ लाख र कार्य सम्पादनमा आधारित ५२ लाख गरी नौ करोड ६० लाख रुपियाँ वित्तीय समानीकरण अनुदान पाउने भएको छ ।
त्यस्तै मिक्वाखोला गाउँपालिकाले न्यूनतम अनुदान दुई करोड ७५ लाख, सूत्रमा आधारित पाँच करोड दुई लाख र कार्य सम्पादनमा आधारित ४० लाख गरी कूल आठ करोड १७ लाख रुपियाँ अनुदान पाउने छ । मेरिङ्देन गाउँपालिकाले न्यूनतम अनुदान तीन करोड, सूत्रमा आधारित अनुदान छ करोड ५८ लाख र कार्य सम्पादनमा आधारित ४३ लाख गरी १० करोड एक लाख रुपियाँ प्राप्त गर्ने छ ।
यहाँको आठराई त्रिवेणी गाउँपालिकाले न्यूनतम अनुदान तीन करोड, सूत्रमा आधारित छ करोड ८९ लाख र कार्य सम्पादनमा आधारित ४१ लाख गरी कूल १० करोड ३० लाख रुपियाँ अनुदान पाउने छ । पाथीभरा याङ्वरक गाउँपालिकाले न्यनतम् अनुदान तीन करोड, सूत्रमा आधारित छ करोड ८९ लाख र कार्य सम्पादनमा आधारित ४५ लाख गरी कूल १० करोड ३४ लाख रुपियाँ अनुदान प्राप्त गर्ने भएको छ ।
यसै गरी सिरिजङ्घा गाउँपालिकाले न्यूनतम अनुदान तीन करोड, सूत्रमा आधारित सात करोड ७४ लाख र कार्य सम्पादनमा आधारित ६० लाख गरी कूल ११ करोड ३४ लाख रुपियाँ अनुदान पाउने छ ।
सिदिङ्वा गाउँपालिकाले भने न्यूनतम अनुदान तीन करोड, सूत्रमा आधारित छ करोड २६ लाख तथा कार्य सम्पादनमा आधारित ४३ लाख गरी नौ करोड ६९ लाख रुपियाँ वित्तीय समानिकरण अनुदानबापतको रकम प्राप्त गर्ने भएको छ ।