Aamsanchar

सुन–चाँदीको मूल्यमा गिरावट, यस्तो छ आजको भाउ

Author Image
मङ्गलवार, चैत १३, २०८०

काठमाडौं । नेपाली बजारमा सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ४०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २५ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।  यसअघि, सोमबार छापावाल सुन १ लाख २६ हजार ७०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २६ हजार १०० रुपैयाँ निर्धारण भएको थियो ।

यता, मंगलबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १५ सय ५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १५ सय १५ रुपैयाँ कायम रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर