Aamsanchar

सुनको भाउ आज

Author Image
मङ्गलवार, चैत १३, २०८०

काठमाण्डौ – सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख २६ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेर तोलाको एक लाख २६ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको शुक्रवार तोलाको एक लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ हिजो दुई सय रुपैयाँले बढेर तोलाको एक लाख २६ हजार ७ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर तोलाको एक हजार ५ सय ५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर