

काठमाडौं – धादिङको थाक्रे गाउँपालिका–६, महादेवबेसी बजारस्थित कुतकुते महादेवश्वर मन्दिरबाट मूर्ति चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

सोही गाउँपालिका–३, मल्डुङ बस्ने ३८ वर्षीय सीताराम घिमिरेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनीमाथि मन्दिरमा रहेको राधाकृष्ण र गणेशको मूर्ति चोरी गरेको आरोप छ ।
घिमिरेले उक्त मन्दिरबाट मूर्ति चोरी गरी फरार भएको प्रहरीले जनाएको छ ।

Views: 66


