Aamsanchar

झापा : विदेशबाट फर्किएको चार दिन पछि श्रीमतीको हत्या, परपुरुषसँग लागेकाे श्रीमानकाे आराेप

Author Image
बिहिवार, चैत २२, २०८०

झापा – परपुरुषसँग लागेको विषयमा विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। झापाको बाह्रदशी गाउँपालिका–१ निवासी ३३ वर्षीय देवनारायण राजवंशीले आफ्नै श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बिहीबार बिहान साढे ६ बजेको समयमा देवनारायणले ममसरीको घाँटीमा खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो। घटनापछि खुकुरीसहित देवनारायणलाई इलाका प्रहरी कार्यालय राजगढले नियन्त्रणमा लिएको छ। स्थानीयका अनुसार राजवंशी वैदेशिक रोजगारीका लागि ओमन गएका थिए।

उनी बिदा मिलाएर चार दिनअघि मात्र घर आएका थिए। श्रीमती अर्कै व्यक्तिसँग लागेको विषयमा घरायसी विवाद क्रममा श्रीमानले खुकुरी प्रहार गरेको बताइएको छ। मृतक ममसरी दिव्य ज्योति मावि राजगढमा शिक्षण पेसामा आबद्ध थिइन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर