काठमाडौँ – राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) आबद्ध राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक सङ्गठनले आज राजधानी काठमाडौँमा मार्चपास गर्ने भएको छ ।
सेवा निवृत्त सैनिकहरूले राजनीतिक उद्देश्यका लागि सङ्गठित रूपमा सडकमा गर्ने लागेको मार्चपास भृकुटीमण्डप, सुनधारा, रत्नपार्क, पुतलीसडक हुँदै पदमोदय स्कुल अगाडि सभामा परिणत हुनेछ ।
सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिड्देन र अवकाशप्राप्त वरिष्ठ सैनिक अधिकारीहरूले सम्बोधन गर्ने कार्यतालिका छ । राप्रपाले भने चैत २७ गते काठमाडौँ केन्द्रित जनप्रदर्शन गर्दै छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 41