Aamsanchar

झापाको दीप यातायात आइशर कम्पनी प्रति आर्कशित, एकै पटक छ वटा बस किन्यो

Author Image
आइतवार, चैत २५, २०८०

चारपाने । बतास एमएडब्लु कमर्सियल भेहिकल्स प्रालि ( आइशर ) ले झापाको दीप यातायात प्रालिलाई छ वटा बस हस्तान्तरण गरेको छ ।
नेपालका लागि आधिकारिक बिक्रेता बतास एमएडब्लु कमसियल भेइकलले आइतवार (आज) एक कार्यक्रमका बिच दीप यातायातलाई बस बिक्री गरेर चावी हस्तान्तरण गरेको हो ।

प्रालिका मेनिजिङ डारेक्टर शान्तराज बतासले दीप प्रालिका अध्यक्ष कपिलकुुमार थापा र प्रवन्ध निर्देशक बसन्तकुुमार तिवारीलाई बसको चावी प्रदान गरेका थिए ।

अग्रज बस ब्यवसायी श्रीप्रसाद मैनालीको प्रमुुख आतिथ्य तथा प्रालिका बतासको अध्यक्षतामा भएको कार्यक्रममा आइशरका बारेमा जानकारी दिदैै कम्पनीका सेल्स हेड रघुुनाथ पौडेलले स्वागतसमेत गरेका थिए । नेपाल लगायत विश्वका अधिकांश देशमा नयाँ प्रबिधिसहित निर्यात गरेको साथै नेपालमा पनि अत्याधुुनिक प्रबिधियुुक्त गाडीहरु भित्र्याएर सेवा प्रवाह गर्दै आएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुुसार सुुरक्षित, आरामदायी सवारी साधान भएका कारण यो कम्पनीको गाडी ब्यवसायीको रोजाईमा परेको छ । कार्यक्रमको सञ्चालन बिएमसीभीका ब्रान्च मेनेजर अनिल पौडेलले गरेका थिए । कार्यक्रममा राष्ट्रिय यातायात महासंघ केन्द्रिय उपाध्यक्ष राजेन्द्र रिजाल, दीप यातायातका प्रवन्ध निर्देशक बसन्त तिवारी, बस ब्यवसायी हेमराज दाहाललगायतले शुुभकामना मन्तव्य राखेका थिए ।

विश्व प्रशिद्ध कम्पनी भल्भो सँगको सहकार्यमा आइशरले विभिन्न मोडलका यात्रुु तथा मालवहाक सवारी साधनहरु उत्पादन गर्दै आएको छ ।

सबै सडकमा प्रस्तुत हुुनसक्ने, बलियो Domex® चेसिस र नयाँ EUTECH6 इन्जिनहरूमा निर्मित, नयाँ रूटिङ बसहरूमा आधुनिक डिजाइन, बेजोड RP खण्ड विशिष्ट सुविधाहरू र भरपर्दो एग्रीगेटहरू छन् । शक्तिशाली, किफायती इन्जिन, बलियो बडी र सुधारिएको सस्पेन्सनले सुसज्जित नयाँ आइशर सार्वजनिक बसहरू चुनौतीपूर्ण सडकमामा पनि सहज रुपमा सञ्चालन गर्न सकिने कम्पिनीको दावी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
5
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर