Aamsanchar

सुनकाे मुल्यले बनायाे फेरी नयाँ रेकर्ड

Author Image
मङ्गलवार, चैत २७, २०८०

काठमाडौं – नेपाली बजारमा सुनले फेरी नयाँ रेकर्ड बनाएको छ। केही महिनादेखि सुनको मूल्य दिनानुदिन बढेर रेकर्ड कायम गर्दै आएको छ।

आज छापावाला सुन तोलामा १ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। आज सुनको भाउ १०० रुपैयाँले बढेको हो। सोमबार छापावाला सुन तोलामा १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२