Aamsanchar

बुद्धचित्तको रुख काटेको आरोपमा थप एक जना पक्राउ

Author Image
आइतवार, वैशाख २, २०८१

काठमाडौं – काभ्रेको रोशी गाउँपालिका–५, सीसाखानीमा रहेको बुद्धचित्तको रुख काटेको आरोपमा थप एक जनालाई प्रहरी नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले शनिबार साँझ दुर्गालाल तामाङलाई नियन्त्रणमा लिएको हो । ‘दुर्गालाललाई नियन्त्रणमा लिएर सोधपुछ गरेका छौं । अहिलेसम्म उहाँको संलग्नता भन्ने पुष्टि भइसकेको छैन’ काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले अनलाइनखबरसँग भने ।

यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा काठमाडौंबाट मानबहादुर तामाङ (सिजन)पक्राउ परेका थिए ।

उनले एक महिनाअघि २२ फागुनमा बोधिचित्त रुखका धनी शेरबहादुर तामाङलाई सामाजिक सञ्जाल फेसबुकमार्फत ‘गेम इज ओभर नेक्स्ट इयर (अर्को साल खेल खत्तम) भनेको भेटिएको थियो ।

प्रहरीका अनुसार वार्षिक ३ करोड रुपैयाँ दिने गरी ५ वर्षलाई सत्यमान लामा र सन्दीप त्रिपाठीलाई रुख बिक्री गरेको खुलेको थियो । अर्को पक्षले रुखको ठेक्का नपाएपछि काटिउको हुनसक्ने आशंका गरिएको छ ।

भर्खर फुलखेल्दै गरेको ठकुरानी तामाङको बोधिचित्तको रुख बिहीबार राति काटिएको थियो । घर वरपर सकेट बम राखेर रुख काटिएको थियो । घर धनीलाई बाहिर निस्कन समेत नदिई अज्ञात समूहले रुख काटेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर