Aamsanchar

सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड

Author Image
मङ्गलवार, वैशाख ४, २०८१

काठमाण्डौ – सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । वर्ष २०८० को अन्तिम दिन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ३९ हजार पुगेकोमा आज एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले बढेर एक लाख ३९ हजार दुई सय रुपैयाँ पुगेको छ ।

यो अहिलेसम्मकै उच्च भाउ हो । हिजो सुनको भाउ तोलाको एक लाख ३७ हजार पाँच सय रुपैयाँ थियो ।

यस्तै आज चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेर एक हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ वृद्धि
आइतवार, पौष २७, २०८२