

नयाँ दिल्ली – जम्मू कश्मीरको झेलम नदीमा डुंगा पल्टिँदा चार जनाको मृत्यु भएको छ । यो घटना मंगलबार बिहान श्रीनगरको नौगाम क्षेत्रमा भएको हो ।

बीबीसी समाचारका अनुसार श्रीनगरका जिल्ला आयुक्तले घटनाको पुष्टि गरेका छन्।

श्रीनगरको एसएमएचएस अस्पतालका सुपरिटेन्डेन्टका अनुसार सात जनालाई अस्पतालमा ल्याइएको थियो, जसमध्ये चार जनाको मृत्यु भएको छ भने तीन जनाको उपचार भइरहेको छ।


एसडीआरएफ टोली घटनास्थलमा छ र धेरैलाई उद्धार गरिएको छ र खोजी तथा उद्धार कार्य जारी रहेको छ ।
उक्त डुङ्गामा केही बालबालिका समेत रहेका स्थानीयले बताएका छन् ।
बिहान यो घटनाको खबर बाहिरिएपछि जम्मू कश्मीरका पूर्व मुख्यमन्त्री तथा नेशनल कन्फ्रेन्सका नेता ओमर अब्दुल्लाले सामाजिक सञ्जालमा श्रीनगर नजिकै लसजानको झेलम नदीमा डुङ्गा पल्टिएको खबरले चिन्तित बनाएको लेखेका थिए।
Views: 71

