Aamsanchar

अमेरिकी राजदूत डीन थम्सन गोरखाको उत्तरी भेगमा

Author Image
मङ्गलवार, वैशाख ४, २०८१

काठमाडौं – नेपालका लागि अमेरिकी राजदूत डीन थम्सन गोरखाको उत्तरी भेग पुगेका छन् । उनी नेतृत्वको टोली आजै बिहान सो क्षेत्रमा पुगेका हुन् । टोलीले सांसद राजेन्द्र बजगाइसहित स्थानीयसँग अन्तरक्रिया गरेका थिए ।
उत्तरी गोरखाको धार्चे साम्दो सामागाउँ मनास्लु हिमशिखरको अवलोकन गरी टोली फर्किएको थियो ।

राजदूतसहितको टोलीले जलवायु परिवर्तनले पारेको असरका बारेमा स्थानीयसँग जानकारी लिएको थियो । त्यसैगरी स्थानीय पर्यटनका सम्भावनाका बारेमा पनि छलफल भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 6

प्रतिक्रिया (०)

सम्बन्धित खबर