Aamsanchar

चरेस जस्तो देखिने पदार्थसहित एक जना नियन्त्रणमा

Author Image
मङ्गलवार, वैशाख ४, २०८१

काठमाडौं – बर्दियामा प्रहरीले करिब २३ किलो चरेस जस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

आज बिहान करिब ४ बजेको समयमा बढैयाताल गाउँपालिका-२ सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ( बिओपी)फुटाहाले चेकिङका क्रममा शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको हो ।

चेकिङका क्रममा उनीसँग रहेका दुई वटा झोलाबाट प्लास्टिकले बेरेको ३९ वटा प्याकेटमा रहेको करिब २३ किलो लागुऔषध चरेस जस्तो देखिने पदार्थ बरामद भएको छ ।

उक्त समानसहित नेपालबाट भारतर्फ जान लाग्दा पक्राउ परेका व्यक्ति रुकुम पश्चिमको सानोभेरी गाउ पालिका-५ का ३४ वर्षीय बमबहादुर पुन रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर