Aamsanchar

प्रधानमन्त्रीसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारद्वारा भेट

Author Image
शुक्रवार, वैशाख ७, २०८१

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ´प्रचण्ड`सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवा आमासहित परिवारले भेट गरेका हुन्।

भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरिदिन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको थियो।

सो क्रममा प्रधानमन्त्रीले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र रिहाइका लागि निरन्तर पहल गरिरहेको बताउँदै छिटै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बताए।

Views: 59

प्रतिक्रिया (०)