Aamsanchar

तत्काल वामपन्थी एकता हुदैन- प्रधानमन्त्री प्रचण्ड

Author Image
आइतवार, वैशाख ९, २०८१

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकता नहुने बताएका छन् ।

आइतबार धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै तत्काल वाम एकताको सम्भावना नभएको बताएका हुन् ।

उनले भने-‘अहिले वामपन्थी एकता होइन, राजनीतिक सत्ता समीकरणका रूपमा मात्र यसलाई हेरिएको छ । राम्रो काम हुँदै गयो, छलफल राम्रो हुँदै गयो, समझदारी राम्रो बन्दै गयो भने वामपन्थी विचार मिल्नेहरू एक ठाउँमा हुने सम्भावना पनि बढ्दै जान्छ । त्यस्तो भएन भने अप्ठ्यारो स्थिति पनि हुन सक्छ ।’

प्रधानमन्त्री सुदूरपश्चिम विश्वविद्यालयले आज आयोजना गर्ने चौथो दीक्षान्त समारोहका लागि धनगढी पुगेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर
इलाम २ मा सुहाङ विजयी
मङ्गलवार, वैशाख १८, २०८१