Aamsanchar

पारिश्रमिक नबढाए एसइईको उत्तरपुस्तिका नजाच्ने चेतावनी

Author Image
सोमवार, वैशाख १०, २०८१

काठमाडौं – विभिन्न शिक्षक संगठनहरूले पारिश्रमिक नबढाए माध्यमिक शिक्षा परीक्षा(एसइई)को उत्तरपुस्तिका नजाच्ने चेतावनी दिएका छन्।

नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशिल शिक्षक संगठन,एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक संघले राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रकलाई ध्यानाकर्षण गर्दै यस्तो चेतावनी दिएका हुन्।

एसइई परीक्षा सकिएर यतिखेर उत्तरपुस्तिका परीक्षणको चरणमा छ।

‘२०७२ सालदेखि हालसम्म कपी परीक्षणमा एउटै पारिश्रमिक पाउनु अन्याय पूर्ण भएको हामीले महसुस गरेका छौं, साथै उक्त परीक्षा सञ्चालनकै क्रममा केन्द्राध्यक्ष निरीक्षकको भत्ता समेत अत्यन्तै न्यून देखिन्छ, समयमा नै कपी परीक्षण तथा समपरीक्षण गरी नतिजा जति सक्दो छिटो प्रकाशन हुनुपर्दछ भन्ने मान्यता हामी राख्दछौं, पटकपटक ध्यानाकर्षण गर्दै आएकोमा हालसम्म न्यायोचित सम्बोधन नभएकाले समयानुकूल पारिश्रमिक वृद्धि नहुन्जेल परीक्षण कार्यमा सहभागी नहुने ब्यहोरा अवगत गराउँदै पुनस् ध्यानाकर्षण गराउँछौँँ,’ध्यानाकर्षण पत्रमा उल्लेख छ।

यसबाट पर्न जाने असर प्रति संघीय सरकार नै जिम्मेवार हुनुपर्ने उनीहरूको ठहर छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर