Aamsanchar

कोशी प्रदेशमा  १ लाख १९ हजार अपाङ्गता भएका व्यक्ति, १ सय ७ स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सुरु 

Author Image
मङ्गलवार, वैशाख ११, २०८१

बिर्तामोड । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुल जनसङ्ख्याको २.२ प्रतिशत अर्थात ६६ लाख ६६१ हजार ६६२१ जना व्यक्ति अपाङ्गता रहेका छन् । कोशी प्रदेशको तथ्याङ्कलाई हेर्दा २.४ प्रतिशत १ लाख १९ हजार ७४ र झापा जिल्ला २ं.४ प्रतिशत अर्थात २३ हजार ९५३ जना व्यक्ति अपाङ्गता रहेको छ ।
सरकारी नीतिगत योजना र सर्वसाधारणमा स्वास्थ्य सचेतना बारे कम जानकार बन्नुले नेपालमा अपाङ्गता हुने व्यक्तिको संख्या उच्च रहेको अपाङ्गता रोकथाम तथा पुनः स्थापना अभिमुखीकरण  कार्यक्रमका सहजकर्ताहरूले बताएका छन् ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको आयोजनामा आज (मंगलबार) बिर्तामोडमा आयोजना भएको अभिमुखीकरण कार्यक्रममा यस्तो तथ्याङ्क प्रस्तुत गरिएको हो ।
करुणा फाउण्डेसन नेपाल र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको सहकार्यमा आयोजना भएको अभिमुखीकरणमा झापाका स्थानीय तहका प्रमुख, उपप्रमुख, सामाजिक विकास शाखाका प्रमुख, शिक्षक महासङ्घलगायत सरोकारवाला निकायहरूको प्रमुख तथा प्रतिनिधिहरू अभिमुखीकरणमा सहभागी कनेका थिए ।
पहिलो नमुना साझेदारी कार्यक्रम अन्तरगत अपाङ्गता रोकथाम तथा पुन ः स्थापना कार्यक्रम २०७६६/०७७ देखि कोशी प्रदेशका १३७ स्थानीय तहमा काम गर्ने सम्झौता भएको सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बरालले जानकारी दिइन ।
झापामा चौथो चरणको कार्यक्रम आयोजना गरिएको हो । 

अभिमुखीकरणमा अपाङ्गता भएका व्यक्तिको पुनः स्थापना र जन्मजात अपाङ्गता हुने संख्या कम गर्न यो कार्यक्रम अन्तरगत काम गर्ने बताइएको छ ।   

नवजात शिशु तथा १० वर्ष मुनिका बालबालिकाको स्वास्थ्य जाँच गरी हुनसक्ने अपाङ्गताको पहिचान र व्यवस्थापन गर्ने, अपाङ्गता भएका व्यक्तिहरू र उनीहरूका परिवारको जीवनको गुणस्तरमा सुधार ल्याउने त्यसैगरी स्थानीय तहमा रही लक्षित समूहलाई सेवा प्रदान गर्ने सरकारी संरचनाहरूको सुदृढीकरण गर्ने लगायतका कामहरू मुख्य प्राथमिकतामा पर्ने करुणा फाउण्डेसनका निर्देशक योगेन्द्र गिरीले बताए । 

नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको वर्तमान अवस्थाको तथ्याङ्कलाई हेर्दा १० हजार शिशु जन्मदा ५९.९ जना शिशु जन्मदोष लिएर जन्मन्छन्, प्रति हजार जीवित जन्ममा २१ जना एक महिना मुनिका बालबालिकाहरूको मृत्यु हुँदै आएको छ । जसको कारण जन्मदोष रहेको प्रतिवेदनमा उल्लेख छ । अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य, शिक्षा, जिविकोपार्जन, सामाजिक सहभागिता एवं सशक्तिकरणको अवसरमा समान पहुँच नभएको, अपाङ्गता भएका व्यक्तिहरू प्रति संस्थागत, भौतिक र धारणागत अवरोध र विभेद कायम रहेको, अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवार विकासको मूलप्रवाहिकरणमा नसमेटिएको कार्यक्रमको ठहर रहेको छ ।

कार्यक्रम कार्यन्वयन गर्ने गराउने सन्दर्भमा पहिलो चरणमा मोरङ, सुनसरी, धनकुटा, पाँचथरका २८ स्थानीय तह, दोस्रो चरणमा मोरङ, सुनसरी, भोजपुर र सङ्खुवासभा जिल्लाका ३१ स्थानीय तह, तेश्रो चरणमा सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ र उदयपुर जिल्लाका ३४ वटा स्थानीय तह र हाल चौथो चरणमा ताप्लेजुङ, तेह्रथुम र झापा जिल्लाका ३० वटा स्थानीय तह सँग अभिमुखीकरण कार्यक्रम गरिदै छ ।  

कार्यक्रम सञ्चालनका रणनीतिहरू 
१, स्थानीय तह हरूसँग सामाजिक विकास मन्त्रालयले प्रस्थावना आव्हान गर्ने छ । प्राप्त प्रस्तावहरूको अध्ययन गरी निर्देशक समितिले स्थानीय तहहरूको छनौट गर्ने छ ।
२, छनौट भएका स्थानीय तहहरू र करुणा फाउण्डेसन नेपालबीच सम्झौता गरिनेछ । कार्यक्रम कार्यन्वयनको जिम्मेवारी स्थानीय तहको हुनेछ ।
३, स्थानीय तहहरूले कार्यक्रम सञ्चालन निर्देशिकामा उल्लेख गरिएको मापदण्ड अनुसार समुदायमा आधारित पुन स् स्थापना सहजकर्ताहरू नियुक्त गर्नेछ । सहजकर्ता हरूको कामको सहजिकरण, अनुगमन र मल्याङ्कन महिला, बालबालिका शाखा प्रमुखले गर्नेछन् । 

कार्यक्रम कार्यान्वयन ढाँचा
१, स्थानीय तहहरूबाट नियुक्त हुने समुदायमा आधारित पुनः स्थापना सहजकर्ताहरू ४ सय अपाङ्गता भएका व्यक्तिहरू बराबर १ जना सहजकर्ता चयन गरिने छ ।
२, सहजकर्तामा  स्थानीय स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, महिला तथा बालबालिका शाखाका कर्मचारीहरू रहने छन् । 

कोषको प्रवाह
१, मन्त्रालय र करुण फाउण्डेसन नेपालले स्थानीय तहहरूको सञ्चित कोषमा बजेट उपलब्ध गराउने छ ।
२, कार्यक्रमको बजेट कृयाकलाप गत रुपमा मुत्रमा प्रविष्ट गरी सम्झौता अनुसार खर्च तथा प्रतिवेदन प्रस्तुत गर्नु पर्ने हुन्छ ।
३, स्थानीय तहहरूले प्रचलित कानुन एवं स्वीकृत वार्षिक योजना अनुसार खर्च गर्ने पर्ने हुन्छ ।
४, खर्चको प्रचलित कानुन अनुसार लेखा व्यवस्थापन गरी लेखा परीक्षण गराउनु पर्ने हुन्छ ।

कार्यक्रम कार्यन्वयन गर्नको लागि प्रदेश सरकारबाट नीतिगत व्यवस्थाहरू पनि भएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको प्रदेश स्तरीय समिति गठन सम्बन्धी कार्यविधि २०७६, अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन निर्देशिका २०७६, समुदायमा आधारित पुनः स्थापना सहजकर्ता छनौट मार्गदर्शन २०८०, अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन मार्गदर्शन २०८०, अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरण एवं संस्था सुदृढीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन २०७९ रहेको छ । 

सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईको अध्यक्षतामा आयोजित अभिभुखिकरण कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्य रहेको थियो ।
अभिमुखीकरणमा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना उप्रेती, शिवसतासी नगर उपप्रमुख नरमाया कार्की,  हल्दीबारी गाउँपालिका उपप्रमुख लक्ष्मीदेवी मैनाली, करुणा फाउण्डेसनका कार्यकारी निर्देशक दीपकराज सापकोटा लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा विभिन्न पालिका तथा सरोकारवाला पक्षका १ सय भन्दा धेरै व्यक्तिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन करुणा फाउण्डेसनकी समीक्षा निरौलाले गरेकी थिइन । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर