Aamsanchar

झापामा सवारी दुर्घटना : मृतक तिनै जनाकाे सनाखत

Author Image
बुधवार, वैशाख १२, २०८१

झापा-शिवसताक्षी ८ झिलझिलेस्थित पूर्वपश्चिम राजमार्गमा बोलेरोको ठक्करबाट मृत्यु हुने तीनैजनाको सनाखत भएको छ ।

मृत्यु हुनेहरुमा झापा कमल गाउँपालिका ४ बस्ने २० वर्षीय युनिस भण्डारी, सोही ठाउँ बस्ने १७ वर्षीय सरोज रेग्मी र २५ वर्षीय मोटरसाइकल चालक मौसम राई रहेका छन् । एउटै ठाउँका उनीहरु दोमुखामा पौडी खेल्न मोटरसाइकलमा जाँदै गर्दा दुर्घटनामा परेको बताइएको छ ।

बिहान ५ः३० बजेको समयमा शिवसताक्षी ८ झिलझिलेस्थित पूर्वपश्चिम राजमार्गमा कमलबाट सुरुङ्गातर्फ आउँदै गरेको मे३प ५००१ नं को १५० सीसीको मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको प्र १–०१–००१ च ९३२९ नं को बोलेरो एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो । मोटरसाइकलमा सवार तीन जनामध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको र एकजनालाई बीएण्डसी हस्पिटल बिर्तामोड लैजाँदै गर्दा मृत्यु भएको जनाइएको छ ।मोटरसाइकल ,बोलेरो,बोलेरो चालक मेचीनगर ६ बस्ने ४५ वर्षीय ऋषिराज गिरी इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर