Aamsanchar

एक गाई फर्ममा आगलागी हुँदा १० वटा गाई जले

Author Image
बिहिवार, वैशाख १३, २०८१

प्रतिकात्मक तस्बिर

काठमाडौं – भक्तपुरको एक गाई फर्ममा आगलागी हुँदा १० वटा गाई मरेका छन्।

सूर्यविनायक नगरपालिका वडा नम्बर १ दधिकोट तर्खालमा ईश्वर न्यौपानेले सन्चालन गरेको गाई फर्ममा वैशाख ११ गते ११ बजे आगलागी भएको थियो।

आगोमा जलेर १० वटा गाई, टहरा र भाँडाकुँडासमेत गरी १८ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

दधिकोटका प्रहरी र स्थानीयले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर