Aamsanchar

नेपाली बजारमा सुनको मूल्य

Author Image
बिहिवार, वैशाख १३, २०८१

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। आज सुन २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो कारोबार दिन बुधबार प्रतितोला सुन १ लाख ३६ हजार रुपैयाँमा कारोबार भएको थियो। आज तेजावी सुन प्रतितोला १ लाख ३५ हजार १५० रुपैयाँ कायम भएको छ।

यसैगरी सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। चाँदी प्रतितोला १ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी १ हजार ६७० रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर