Aamsanchar

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृ*त्यु

Author Image
बिहिवार, वैशाख १३, २०८१

प्रतिकात्मक तस्बिर

ताप्लेजुङ-ताप्लेजुङमा ट्याक्टर दुर्घटनामा एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार मैवाखोला गाउँपालिका–६ फाकुम्बाका ३४ वर्षीय फुर्तेम्बा शेर्पाको दुर्घटनामा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार ट्याक्टर दुर्घटनामा परी घाइते भएका शेर्पाको उपचारमा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि सुविधा सम्पन्न अस्पतालतर्फ लैजाने क्रममा पाँचथरको हेँवाखोलामा पुग्दा शेर्पाको मृत्यु भएको लुङगेलीले जानकारी दिनुभयो ।

जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–५ चाँगे दोभानदेखि फाकुम्बातर्फ जाँदै गरेको प्र १–०२–००३ त २८१३ नम्बरको टयाक्टर  दोभान–फाकुम्बा सडक खण्डमा दुर्घटना भएको भएको छ । सो ट्याक्टरका चालक उमेश लिम्बूलाई भने सकुशल रहेका र लिम्बूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर