Aamsanchar

सुहाङ, डम्बर र मिलनले गरे मतदान

Author Image
शनिवार, वैशाख १५, २०८१

इलाम – उपनिर्वाचनका लागि इलाममा प्रतिनिधिसभा-२ मा मतदान सुरु भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान आज बेलुका ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए।

उनका अनुसार इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ र नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले मतदान गरेका छन्। मतदानपश्चात उनीहरुले निधक्क भएर भोट हाल्न आग्रह गरेका छन्।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आविमा रहेको मतदान स्थलमा मतदान गरेका छन् ।

एमालेका उपाध्यक्ष एवम् संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाममा उपनिर्वाचन भएको हो। एमालेले सुवासको छोरा सुहाङलाई उम्मेदवार बनाएको छ भने खड्का पनि यस अगाडि सुवाससँगको प्रतिस्पर्धामा पराजित भएका थिए।

 

४२ वडा रहेको इलाम क्षेत्र नम्बर -२ मा १ लाख १५ हजार ८ सय ७९ मतदाता छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् । निर्वाचनका लागि ७९ मतदानस्थल तोकिएका छन्। यी मतदान स्थलमा १४९ मतदान केन्द्रमा मतदान गराउने तयारी भएको छ । निर्वाचनका लागि ७४५ कर्मचारी निर्वाचनमा खटाइएको छ । घिमिरेका अनुसार निर्वाचन सम्पन्न गरेको दुई दिनभित्र मत परिणाम घोषणा गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर
इलाम २ मा सुहाङ विजयी
मङ्गलवार, वैशाख १८, २०८१