Aamsanchar

बिर्तामोडमा इनटरनेशनल ब्युटीपार्लर ट्रेनिङ एण्ड सर्भिस सेन्टरको शाखा

Author Image
शनिवार, वैशाख १५, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा  इनटरनेशनल ब्युटीपार्लर ट्रेनिङ एण्ड सर्भिस सेन्टर को शाखा (प्याराडाइज  ब्युटीपार्लर) सञ्चालनमा आएको छ । काठमाडौँमा मुख्य कार्यालय रहेको सेन्टरले बिर्तामोडमा ११ औं शाखाको रुपमा  सेवा बिस्तार गरेको हो ।

शाखाको उद्घाटन शनिवार (आज) बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, इनटरनेशनल ब्युटीपार्लर ट्रेनिङ एण्ड सर्भिस सेन्टरकी सिइओ पुनम लामिछाने, जिल्ला सहकारी संघका सञ्चालक सदस्य तथा धौलागिरी पारिजात सहकारी कार्यकारीका प्रमुख कृष्ण पौडेललगायतले संयुक्त रूपमा गरेका छन् ।

सिटिइभिटीबाट मान्यता प्राप्त सेन्टरमा फुल मेकअप हुनुका साथै हाइड्रा, आई ल्याबसमेत एक्सटेन्सन, नेलजेललगायतका सेवा उपलब्ध हुनेछ भने सिरम, क्रिम, स्किन केयरका सामानसमेत पाइने सञ्चालिका सुमित्रा पनेरु (सुमी)ले बताईन ।  सुमी बिर्तामोड उद्योग वाणिज्य संघ महिला उद्यामी समितिकी सदस्य पनि हुन ।

कार्यक्रममा धौलागिरी पारिजात सहकारीका व्यवस्थापक मोहनप्रसाद पनेरु, बिर्तामोड उद्योग वाणिज्य संघका सहकोषाध्यक्ष तिलोतमा खत्री, महिला उद्यमी सङ्घकी उपाध्यक्ष यशोदा उप्रेती, व्यवसायी सुमित्रा भट्टराई, राधिका चुडाल, तुलसा ढकाललगायतको आतिथ्य रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर